सर्बोच्च शिखर सगरमाथा चढ्दा लाग्ने शुल्क आधा बनाइयो

पुस २०, काठमाडौं- लामो समयदेखि पर्वतारोहीहरूले सगरमाथा आरोहण रोयल्टी ‘महँगो’ भएको गुनासो गरिरहेका बेला सरकारले सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको छ थिए। सरकारले करिब एक वर्षदेखि नेपाली आरोहीलाई आधाभन्दा बढी छुट दिए पनि विदेशी आरोहीका हकमा यो नियम अंग्रेजी नयाँ वर्षबाट कार्यान्वयनमा आएको हो।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (करिब ११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँहाराहारी) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (करिब १० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअभि १५ हजार डलर (१५ लाख रुपैयाँहाराहारी) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

सातजना बराबर एक दल हुने र त्यसलाई ७० हजार डलर रोयल्टी लाग्छ। विगतमा अधिकतम १० जनाको एक दल हुन्थ्यो। प्रत्येक थप आरोहीलाई १०–१० हजार डलर शुल्क लाग्छ। हाल एक दलमा बढीमा १५ जनासम्म बस्न मिल्छ

नर्मल रुटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ। हिमालपिच्छे आरोहण अनुमति शुल्क फरक छ।नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न यसअघि नै लगभग सतप्रतिशत छुट पाएका थिए। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँहाराहारी रोयल्टी तिर्नुपर्ने भए पनि नेपालीले त्यसमा ९७ प्रतिशत छुट पाएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले ६० हजार रुपैयाँ तिरे पुग्छ भने त्यसअघि १५ हजार डलर (करिब १५ लाख रुपैयाँ) थियो।

अब प्रत्येक विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथाबाहेक ८ हजार मिटर र त्यसभन्दा अग्ला हिमाल आरोहण गर्न १ हजार ८ सय डलर, ७ हजार ५ सय १ देखि ७ हजार ९ सय ९९ मिटरसम्म ६ सय डलर, ७ हजारदेखि ७ हजार ५ सय मिटरसम्म ५ सय डलर, ६ हजार ५ सय १ मिटरदेखि ६ हजार ९ सय ९९ मिटरसम्म ४ सय डलर, अमादब्ललाई ४ सय डलर र ६ हजार ५ सय मिटरभन्दा कम उचाइलाई २ सय ५० डलर रोयल्टी तिर्नुपर्छ।

यिनै उचाइका हिमाल आरोहण गर्न भने प्रत्येक नेपाली आरोहीले क्रमशः १० हजार रुपैयाँ, ८ हजार, ६ हजार, ५ हजार, ८ हजार र ४ हजार रुपैयाँमात्र तिरे पुग्छ।

 

सम्बन्धित शिर्षकहरु