कोरियामा काम गर्ने नेपालीको न्युनतम तलब १ लाख भन्दा बढी

पुस १८, सियोल- कोरिया- ईपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ लाख नाघेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुनेगरी न्यूनतम ज्याला ७.१ प्रतिशतले बढाएको हो ।

कोरियामा श्रम मन्त्रालय,श्रमिक संगठन र उद्योग सञ्चालक सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले हरेक वर्ष पारिश्रमिक बढाउने गर्छ ।

पछिल्लो तलब वृद्दिले नेपालीहरुमा उत्साह भरिएको छ । न्यूतनम ज्याला वृद्दिसँगै ओभरटाइम समेत काम गर्ने अधिकांश नेपालीले मासिक १ लाख ५० हजारभन्दा बढी आर्जन गर्नेछन् । तलब बृदिको खबर आइरहदा कतिपय नेपालीले भने न्यूनतम तलब पनि नपाएको बताएका छन् ।

नयाँ पारिश्रमिकअनुसार सातामा ४० घन्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन (१ लाख ५ हजार ७४१ रुपैयाँ) पाउनेछन् । त्यस्तै ४४ घन्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन (१ लाख १४ हजार ३२० रुपैयाँ) पाउनेछन् । 

सम्बन्धित शिर्षकहरु