पुस ७ ।उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाट बजारको विद्युत् मार्गका एक वृद्धको घरको छतबाट खसेर मृत्यु भएको छ ।
आइतबार आफ्नै दुईतलाको घरको छतबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाईघाट विद्युत् मार्ग बस्ने ८४ वर्षीय दलबहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आफ्नै घरको छतबाट खसेर भुइँमा खस्दा दाहाल सख्त घाइते भएका थिए ।
दाहाललाई तत्काल जिल्ला अस्पतालमा उपचार गर्नेक्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख टेकबहादुर गुरुङले बताए ।







