यातायात व्यवसायीसँग यसरी झुक्यो सरकार

काठमाडौं । सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा काठमाडौंबाट घर जाने यात्रीका लागि बसको अग्रिम टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि गरिएको हो ।

आजको गोरखापत्र दैनिक लेख्छ–पटक—पटक इन्धनको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले दशैको अग्रिम टिकट खुला गर्न आनाकानी गरेका थिए । बृद्धि भएको भाडा आइतवार (७ असोज)बाट लागु भएको छ ।

एक महिनामा दुइ पटक गरेर डिजेल प्रतिलिटर ६ रुपिँया वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
२०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन ।

सम्बन्धित शिर्षकहरु