मङ्सिर ६ । कालिकोट – कालिकोट जिल्लाको लालु गाविसमा लैनेभीरबाट खसेको ढुंगाले चोट लागेर दुई जनाको मृत्यु
भएको छ। राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय कालिकोटमा कार्येरत गार्ड ४२ वर्षीय पंखबहादुर शाहीको सदरमुकाम
मान्म बाट घर जाने क्रममा भीरबाट खसेको ढुंगाले लागेर मृतु भएको हो ।तेसैगरी मृतु हुनेमा सोही गाउँका १९ वर्षीय
नवीन रावल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
मान्म बाट घर जान भनि हिद्नुभएको शाहीको शुक्रबार बिहान ११ बजे ढुंगा लागेर मृत्यु भएको थियो भने रावलको
बेलुका खुलालु बजारबाट घर जादै गर्दा भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको थियो।








