माघ ४ । काठमाडौं नेपाल आयल निगमले आइतबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजदेखि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनु भयो ।
यो घटेको मुल्यपछि पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसामा पाइनेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पैसा कायम भएको प्रवक्ता घिमिरेले जानकारी दिनु भयो । गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ ।
स्वचालित मूल्य प्रणाली लागु गरेपश्चात निगमको घाटा पनि कम हुँदै गएको छ । असोज १३ गते एक लिटर पेट्रोल किन्न उपभोक्ताले १ सय ३४ रुपैयाँ ५० पैसा तिर्नुपथ्र्यो ।
निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य तोक्दै आएको छ ।








