पुस ४ ।सिड्नी,अष्ट्रेलिया स्थित क्यारिन सहरको एक घरमा मृत अवस्थामा आठजना बालबालिकाको शव भेटिएको छ ।शुक्रबार उक्त घरमा ती शव भेटिएको प्रहरीले जानकारी दिएको छ । हालैमात्र त्यहाँ केही व्यक्तिलाई छुरा धसेर मारिएको समाचार आएको केही दिनमै शुक्रबार यो समाचार सार्वजनिक भएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले यस घटना प्रति दु:ख व्यक्त गरेका छन ।अस्ट्रेलियका मिडियाहरुले प्रसारित समाचार अनुसार मारिने बालबालिकामा १८ महिनाको शिशुदेखि १५ वर्षसम्मका रहेका छन ।
अष्ट्रेलियाको सिड्नीमा हालैमात्र अपहरणकारीहरुले अपहरण गरी राखेका केही व्यक्तिमध्ये दुईजनाको हत्या भएको थियो । सो समाचार विश्वव्यापी रुपमा नै फैलिएको थियो ।
ती बालबालिकाका सबैजना आमाबाबुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री अबोटले सो घटनालाई बोल्न नसकिने पीडाका रुपमा आफूले लिएको एक विज्ञप्तिमार्फत जनाएका हुन ।
अष्ट्रेलियाको उत्तरी सहर क्यारिनमा ती बालबिालकाको शव भेटिएका बारेमा प्रहरीले आज नै समाचार सार्वजनिक गरेपछि अष्ट्रेलियाभरि दुःख छाएको छ ।
यस हत्याको विषयमा प्रहरीले अनुसन्धान थालेको भन्दै अहिले नै केही भन्न नसकिने बताएको छ ।
अष्ट्रेलियाको एक प्रसिद्ध पर्यटकीय सहर क्यारिनमा करिब डेढ लाखमात्र जनसङ्ख्या रहेको छ ।
एकदिनमात्र अघि अष्ट्रेलियाकै मेलबर्नका एक व्यक्तिलाई आफ्ना साना दुई छोरीको हत्याको अभियोगमा जेल चलान गरिएको थियो ।








