अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तीन दिन सम्म मनाइने

मंसिर २३ । राष्ट्रिय मानवअधिकार आयोगले ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आजदेखि तीनदिनदेखि विविध कार्यक्रमका साथ मनाउने भएको छ ।
“सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ आयोगले यो दिवस मनाउन लागेको हो ।

आयोगसँगको समन्वय र सहकार्यमा तीनदिनसम्म मानवअधिकार राष्ट्रिय महाभेला पनि हुने आयोगका प्रवक्ता मोहना अन्सारीले बताउनु भयो ।

आगामी बुधबार १० डिसेम्बरका दिन प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आयोजना गरिने छ ।

आयोगका क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयमा सोमबारदेखि नै मानवअधिकारसम्बन्धी पदयात्रा, अन्तक्र्रियालगायत कार्यक्रम प्रारम्भ भइसकेको छ ।

सबैले मानवोचित सम्मानित जीवनयापन गर्न पाउनुपर्छ भन्ने मानवअधिकारको मूलमन्त्रलाई आत्मसात् गर्दै सो दिवस मनाउन आयोगले सबैसँग अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षकहरु