काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ । बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ५ जना यात्रु र एक जना क्याप्टेन रहेको विमानस्थलस्रोतले जनाएको छ ।
अल्टिच्युड एअरमा एक जापानीसहित ५ नेपाली यात्रु रहेको खुलेको छ। कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए। लोकेसन म्यापका अनुसार गोरखाको रि र धादिङको सत्यदेवी भन्ने स्थानमा दुर्घटनाको शंका गरिएको उक्त एयरलाइन्सका एक प्रतिनिधिले बताएका छन्।
एक यात्रुले आफू दुर्घटनामा परेको सूचना एयरलाइन्सलाई दिएको खबर पाएको विमानस्थल कार्यालयका प्रवक्ता प्रवक्ता प्रतापबाबु तिवारीले बताए। उक्त स्थानमा प्रहरी टोली समेत गइसकेको छ।








