संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरियो

वैशाख १३ । काठमाडौँ,व्यवस्थापिका–संसद्को बैठकमा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरिएको छ ।

संसद्को बुधवार तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

यसअघि संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । संसद्को अर्काे बैठक यही वैशाख १७ गते बस्ने निर्णय गरिएको छ ।

सम्बन्धित शिर्षकहरु