नवलपरासीका बन्द चिनी मिलहरु सञ्चालनमा आए

मङ्सिर १९ । परासी, नवलपरासीमा रहेका चारवटा चिनी मिल मध्ये तीनवटा ठूला चिनी मिल सञ्चालनमा आएको छ ।

नवलपरासीमा रहेको लुम्बिनी चिनी कारखाना, बागमती खाडसारी मिल र इन्दिरा सुगर मिलले क्रसिङ सुरु गरेको उखु उत्पादक कृषक सङ्घर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो ।

ती चिनी मिलले गत वर्षको रकम भुक्तानी गरेर क्रसिङ सुरु गरेको हो ।

वर्षदेखि सञ्चालनमा आएको मोहनी सुगर मिलले भने यस वर्षको क्रसिङ अझै सुरु गरेको छैन ।

मोहनीले किसानलाई अझै डेढ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।

चिनी मिल सञ्चालनमा आएपछि किसानले उखु काट्न सुरु गरेका छन् तर यस वर्ष पनि अझै उखुको मूल्य निर्धारण नहुँदा किसान अलमलमा परेका छन् ।
तर तत्काल पेस्की रकम नपाउने हुँदा नगद आवश्यक पर्ने किसानले अझै पनि क्रसर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् ।

उखु उत्पादक कृषक सङ्घर्ष समितिका अध्यक्ष उमेश यादवले चिनी मिलले उखुको मूल्य निर्धारण भएपछि रकम भुक्तानी गर्ने गरी अहिले पेस्की रकमका आधारमा उखु खरिद गरेको बताउनुभयो ।

 

सम्बन्धित शिर्षकहरु