नेपालका जङ्गे र सुन्दरि बने युरोपकै आकर्षण

नायक-नायिका चितवनका भियानामा बन्दी भए ।
उपहार बने विदेशिका आफ्नाहरूनै बिरानो भए ।
न गनिए एनआरएन , न भनिए युरोपेली रैथाने
आंशु झार्दै गैंडा जोडीले जीवन यतै सकाउने भए।। ,असनेपालन्युज, भियाना । अस्ट्रिया ।देश छाड्दैमा भेष नछाड्ने इमान्दार प्राणि हुन् जनावरहरू ! उनिहरू जहां पुगुन् , न त जीवन शैली बदल्छन् न त भोजन को रित ! सगरमाथाको काखमा हुर्केका यी जङ्गे र सुन्दरीलाई भियाना पुर्याईेएको १२ वर्ष पुग्दा पनि उनिहरू नेपालकै दिनचर्यामा जीवन विताइरहेका छन्। मान्छेको भाषा बोल्न नसके पनि  पहिचान र उद्गम स्थल को आधारमा उनिहरूले नेपालको प्रचार गरी रहेका छन्। एक दशक अघिसम्म चितवन का  नायक नयीका भनेर चिनिने यो गैंडाको जोडी अाज अस्ट्रियाको भियानामा पनि चिडियाघर मध्येकै मुख्य आकर्षण छन्। युरोप र विश्वकै लागि आश्चर्यको बिषय बनेका एक सिङ्गे जनावरका यो जोडी प्रति ठोक्किने हजारौं आगन्तुकका जिज्ञासाहरूलाई  उनिहरू थुनिएको द्वारमा टांसिएको गैंडा र नेपाल प्रतिको विवरणले हरेक दिन समाधान दिलाउंछ । भियानाको चिडियाघर मात्र हैन युरोपकै आकर्षण बनेको यो जोडीले अर्को सन्तान कहिले देलान अस्ट्रिया बासि प्रतिक्ष्यारत रहेको बताउंछन्न गैंडा विभागका प्रमुख  मार्क असनेपालन्युज प्रतिनिधिलाई । ” म आँफै चितवन पुगेको छु , उनिहरूले चितवनको सौराहामा जस्तो खाना खान्थे ,जस्तो वातावरणमा रम्थे त्यस्तै अवस्था सिर्जाएका छौं ” प्रजनन्नको सवालमा मार्क को भनाईथियो “जङ्गे र सुन्दरी दुबैको स्वास्थ्य परीक्षण गरिरहेका छौं आशा छ हामीलाई उनिहरूले छिट्टै नयां पुस्ता दिनेछन्। ” चिडियाघर खानाको अनुसार उनिहरूलाई अवलोकन गर्न वर्षेनि ५० हजार भन्दा बढि पर्यटक आउने गर्छन्। सन् २००६ मा नेपाल बाट उपहार स्वरुप त्यहां पुर्याईेएका यी जनावरहरूलाई स्वीकार गर्दै अस्ट्रियाका तर्फबाट “भाइस चान्स्लर डा ग्रोबा ले भियानामा एक भब्य नेपाल सम्मान कार्यक्रम आयोजना गरेका थिए ।  दर्शक मध्येका एक भिक्टर भन्छन् द्वारमा राखिएका गैंडा सँगैं उल्लेख गरिएको नेपालको जानकारिले हरेकलाई नेपाल पुग्न घचघच्याउने अनुभव पोख्छन्।  गैंडा बारे जानकारी लिन नेपाल जान नसक्नेहरूका लागि यो उत्तम अनुसन्धान स्थल भएकाले जङ्गे र सुन्दरि  युरोपकै आकर्षण बनेको उनिहरूका  ब्यवस्थापकको अनुभव छ ।

एन आर एन जनावर जोडी को संगठन हुन्थ्यो भने जङे र सुन्दरीले पनि अस्ट्रिया  र नेपाल सरकार मार्फत आ-आफ्नै माग राख्थे होलान्।जो सुकै नेपाली त्यहां पुगुन, उनिहरूलाई  यो “सोनबर्न दरबार,  नासहर्न  ” भित्र राखिएका यि जोडीले  देख्ना साथ आफ्नो पनको आभाष दिलाउंछन्।

रेड पाण्डा , हात्ति लगायत अनेकौं जनावर रहेको सो जनवरकुन्ज  विश्वकै पहिलो र युरोप भरिकै उत्कृष्ट चिडिया घर मानिन्छ । सन् १७५२ मा  सम्राट फ्रेन्ज स्टेफनले सो शुरुमा आफ्नो दरबारको निजी चिडिया घर को रुपमा यसलाई स्थापना गरेका थिए ।~~ भीमसेन सापकोटा(आचार्य राजन शर्मा )

सम्बन्धित शिर्षकहरु