मंसिर १८ ।दाङ,दाङको देउखुरीमा ७८ बर्षीय कैलाश चौधरीले आफ्नी ७६ वर्षिया श्रीमती चनसला चौधरीको हत्या गरेका छन ।
गोवरडिहा–४ पचैया निवासी कैलाशले श्रीमती चनसलाको गएराती हत्या गरेको प्रहरीले जनाएको छ ।
अस्थाई प्रहरी पोष्ट सिसहनियाका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद श्रेष्ठले कैलाशलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनु भयो ।








