अष्ट्रेलियामा एकैदिन १ लाख २३ हजार कोरोना संक्रमित थपिए, ५० जनाको मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियामा पछिल्लो २४ घन्टामा १ लाख २३ हजार ८ सय १० नयाँ संक्रमित पुष्टि भएको छ। यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो।

संक्रमितमध्ये ६३ हजार १८ हजार जना न्यु साउथ वेल्स (एनएसडब्लू) राज्यका छन्। यस्तै भिक्टोरिया राज्यमा ३४ हजार ८ सय ३६, क्विन्सल्याण्डमा २३ हजार ६ सय ३०, तास्मानियामा १२०१ जनामा संक्रमण पुष्टि भएको अष्ट्रेलियाको स्वास्थ्य विभागले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ५० जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित शिर्षकहरु