फिलिपिन्सकी हेरेललाई मिस अर्थ–२०१४ को उपाधि

फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थ २०१४ प्रतियोगिताको उपाधी जैमी हेरेलले जितेकी छिन् ।

शनिबार सम्पन्न प्रतियोगितामा भेनेजुयलाकी एलीज हेनरिचले मिस विजेता फिलिपिन्सकी जैमी हेरेललाई मिस अर्थको ताज पहिराएकी थिइन् ।

मिस अर्थ २०१४ प्रतियोगितामा अमेरिकाकी सुन्दरी अड्रेउ नेउ दोस्रो स्थानमा रहिन् । उनलाई ‘मिस एयर’को उपाधि प्रदान गरियो ।

तेस्रो स्थानमा भने भेनेजुयलाकी सुन्दरी माइरा अलेक्जेन्ड्रा रोड्रीगुइजलाई ‘मिस वाटर’ र रुसकी सुन्दरी अनास्तासिया ट्रशोभालाई ‘मिस फायर’को उपाधि प्रदान गरिएको छ ।

हेरेलले ८५ प्रतिस्पर्धीलाई पराजित गरेर यो उपाधि हात पारेकी हुन्।

मिस अर्थ २०१४ सुन्दरी प्रतियोगिताको आयोजना डिलिमैनमा युनिभर्सिटी अफ फिलिपिन्स थियटरमा आयोजना गरिएको थियो।

मिस अर्थ २०१४ प्रतियोगिताको टप १६ मा रुस, कोरिया, कोलम्बिया, स्कटल्याण्ड, मंगोलिया, जाम्बिया, ब्राजिल, स्लोभाकिया, भेनेजुयला, थाइल्याण्ड, अमेरिक, मिश्र, फिलिपिन्स, मेक्सिको र स्पेनका सुन्दरीलेस्थान बनाएका थिए ।

सम्बन्धित शिर्षकहरु