मङ्सिर ३ ।रुकुम,जिल्लाको मग्मा गाविसको नदुवानजिकै लु१ज २६८५ नम्बरको जिपबाट खसेर एक जनाको मृत्यु भएको छ ।आठविसकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिपबाट खसेर आठविसडाँडा–५ का प्रजित ओलीको मृत्यु भएको हो ।
ढोकानजिकै बसेका ओली एक्कासि ढोका खुलेपछि सडकमा खसेको प्रहरीले बताएको छ ।
जिपबाट खसेर घाइते ओलीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिनुभयो ।








