मङ्सिर ८ देखि १२ गतेसम्म जोर बिजोर गरेर सवारी चलाइने

मङ्सिर २, काठमाडौँ- अठारौं सार्क शिखर सम्मेलनको बेला २ दिन सार्वजनिक बिदा घोषणा गरेको सरकारले उपत्यकामा मंसिर ८ गतेदेखि १२ गतेसम्म निजी तथा भाडाका सवारी साधन जोर/बिजोर गरी सञ्चालनमा ल्याउने भएको छ।

यो मितिमा एक दिन जोर नम्बर प्लेटका र अर्को दिन बिजोर नम्बर प्लेटका सवारी मात्र चल्न पाउने छन् । सम्मेलनका बेला राजधानीका सडकमा सवारीको चाप कम गर्न यस्तो व्यवस्था गर्न लागेको एक अधिकारीले असनेपाल न्युजलाई जानकारी गराए ।

सरकारले उपत्यकामा मंसिर १० र ११ गते सार्वजनिक विदाको घोषणा गरेको छ भने उपत्यकाका शैक्षिक संस्थाहरूमा मंसिर ९ देखि १२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षकहरु