आदियोग उत्पतिभुमी देश नेपाल बिश्व योगगुरुदेश बन्ने आधार तथा प्रमाणहरु

ॐ श्री गुरवेनम:
बिश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपाल द्वारा नवौं राष्ट्रिय योग दिवसको अवसरमा आदियोग उत्पतिभुमी देश नेपाल बिश्व योगगुरुदेश बन्ने आधार तथा प्रमाणहरु र हामिले गर्न सक्ने कार्यक्रमहरु के छन ?
उक्त बिषयमा अध्यन गरि बुदांगत रूपमा निम्नानुसार रहेका छन।
१.बिश्वको सबैभन्दा उच्च शिखर सगरमाथा लगायत ८ ओटा अग्ला हिमाल नेपालमा छन।
२.आदि योगेश्वर भगवान शिवजी पशुपतिनाथको रूपमा बिराजमान हुनुहुन्छ।
३.कालीगण्डकीमा मात्र पाइने शालिग्रामले बिश्वको पहिलो जीव उत्पती भुमी प्रमाणीकरण गर्दछ।
४. मुस्ताङको ओढारमा पाइएको ३०,००० बर्ष पुरानो चित्रले पनि नेपाल प्रहिलो जीव उत्पत्ति भुमी प्रमाणित गर्दछ।
५.देशभरिका गुफाहरु जहाँ देविदेवताका मुर्तिहरु कुंदिएका छन तसर्थ नेपालको ढुंगामाटो पहाड हिमाल नदि गुफा सबैले गुरुदेशको परिचय दिएका छन।
६. राजा जनकको दरवारमा त्रेतायुगमा अष्टबक्रगिता लेखिएको थियो भने तनहुँ जिल्लाको ब्यासगुफामा ४ बेद १८ पुराण लेखिएको थियो।
७.पृथ्वी जलमा डुवेको बेलामा भगवान बिष्णुले बराहावतार रुपलिएर उद्दार गर्नुभएको भुमी बराहक्षेत्र सुनसरी जिल्लामा प्रदछ भने गजेन्द्र नामको हातिलाइ गोहिले पक्रेको बेलामा मुक्ति दिलाएको भुमी नवलपुर र चितवनको सिमानामा प्रदछ जहाँ लवकुशले रामचन्द्रको अश्मेधयज्ञको घोडा पक्रेर बांधेको किलो अहिलेपनी छ।
८. भगवान शिवजिले माता पार्वतिलाइ गौरीशंकर हिमालमा पहिलो योगको दीक्षा दिनुभएको थियो भने पर्वतराज हिमालकी छोरी माता पार्वतिको जन्म पर्वत जिल्लामा भएको थियो।
९. पशुपतिनाथ मुक्तिनाथ बराहक्षेत्र रुरुक्षेत्र चारधामको देश नेपाल हो।९.योग दर्शनका सुत्रकार महऋषि पतन्जलि र ब्याकरणका सुत्रधार महऋषि पाणिनिको जन्म नेपालमा भएको थियो।
१०. घडिको आविष्कार देखि लिएर दिन बार महिना बर्ष सुर्यग्रहण चन्द्रग्रहण महऋषि परासरले पत्ता लगाउनुभएको थियो ।
११. प्राचीन मानव रामापिथेकसको खप्पर नेपालमा भेटिएको थियो।
१२. त्रेता युगदेखी लाग्ने गरेको गोद्दक मेला चितवनको माडिमा अहिले पनि लाग्ने गर्दछ।
१३. बिश्वभरी नपाइने सयौं प्रजातिका दुर्लभ हिमाली जडिबुटीहरु नेपालमा पाइन्छन।
१४. नेपालिहरुको आफ्नो भाषा संस्कृति भेषभुषा आदिकालदेखी पृथक रहेका छन।
१५. बिश्वका मानिसहरूले मानबमांस खादै गर्दा हाम्रा पुर्खाहरुले सर्बे भवन्तु सुखिन: भनेर प्राथना गर्दथे भनेदेखि बिश्वका मानिसहरूले रुखको बोक्राको कपडा लगाउने बेलामा हम्रा महऋषि सुश्रुतले मलद्वारको अप्रेसन गराउनुभएको थियो।
१६. गर्भाधारणदेखी लिएर मृत्युका समयसम्म गरिने १६ प्रकारका कर्महरु गर्ने ऋषिकालिन संस्कृति हामिसंग छन।
यी माथिका सम्पूर्ण बिषयमा गहिरो अध्यन गरेर अब हामिले हाम्रा देवऋषिहरुको बिरासत जोगाउनको लागि योगमहाबिधा, आयुर्वेद र प्राकृतिक चिकित्सा बिज्ञानको बिषयलाइ हरेक स्कुल कलेजमा पढाइनु पर्दछ। जागीर खाने शिक्षक होस वा कर्मचारी पुलिसहोस वा सैनिक सबैलाइ पहिला योग-आयुर्वेद महाबिधामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ढंगले सर्टिफाइड भएको हुनुपर्नेछ । एक घर एक अन्तर्राष्ट्रिय योगशिक्षक एक आयुर्वेदाचार्य एक प्राकृतिक चिकित्सक बनाउने परम श्रदेय आचार्य राजन शर्मा गुरुदेवको मार्गमा हामी अगाडि बढनुप्रदछ, तबमात्र ऋषिमुनिको देश बिश्वको गुरु देश भनेर हामिले घोषित रुपमा गर्व गर्न सक्ने छौं ।

सम्बन्धित शिर्षकहरु