वेपत्ता सुचीमा रहेका रामलाल भट्टराई १६ बर्ष पछि घर फिर्ता

कात्तिक २७ ।काठमाडौ,मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता हुनु भएका गावासोती नगरपालिका-१ का रामप्रसाद भनिने रामलाल भट्टराई १६ बर्ष पछि घर फर्कनु भएको छ । भट्टराईलाई वेपत्ता पारीएको भन्दै परिवार चिन्तित रहदै आएका थिए । नवलपरासीबाट द्वन्द्वकालमा वेपत्ता पारिएका १४ मध्ये रामलालको नाम १२ औं नम्बरमा छ । उनै रामलाल कात्तिक २० गते बिहीबार बिहान ४ बजे घर आइपुग्नु भएको हो ।

भट्टराई वेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उहाकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधी घरमै ४–५ पटक आए । अरु मानवअधिकारकर्मी पनि धाए ।

खोजी गर्दा गर्दा केही पत्तो नलागेपछि परिवार र आफन्त निराश बने । तुलसा वेपत्ता समाज नेपालको कोषाध्यक्ष र जिल्ला

उपाध्यक्ष बन्नु भयो । बेपत्ताको परिवारको सूचीमा परेकाले उहालाई राज्यबाट ३ लाख २५ हजार नगद राहत दिइेको थियो ।

पूर्वपश्चिम राजमार्गस्थित कावासोती थानामा झर्दा ठूला घर देखेर दंग परे । वेपत्ता भएको १६ वर्षपछि फर्किदा उहा झुक्किएर घर छाडेर टाढा पुग्नु भएछ । ०५५ मा पोखराको चिप्लेढुंगामा सामान्य तरकारी पसल गर्ने रामलाललाई उहाका साथीले ‘तँलाई माओवादी भएको आरोपमा प्रहरी खोजी गरेको छ’ भन्ने सुनाएपछि २५ वर्षीय रामलाल बेखबर हुनु भएको थियो ।

उहा फर्किएपछि श्रीमती तुलसा लगायत सबै परिवार हर्सित छन । ‘आउनुहोला जस्तो त लागेको थियो,’ उहाले भन्नु भयो,‘अन्य जिल्लामा १५–१६ वर्षपछि घर फर्केको सुन्दा अलिअलि आशा थियो ।

 

 

ram lal

उहा ०५५ कात्तिक ३ गते कावासोतीस्थित घर आउनु भएको थियो । फेरि कसैले पत्तो नपाउने गरी बिहान ४ बजे घर आएका उहा एक घन्टापछि रुपन्देहीको सुनौली नाका हुँदै दिल्लीको नजबगढ पुग्न भएको थियो ।

०४७ मा अरुणखोलाकी तुलसी भण्डारीसँग विवाहबन्धनमा बाँधिनु भएका भट्टराई घर छाड्दा जेठा छोरा अमृत ७ वर्षका थिए, कान्छा अशोक ५ वर्षका थिए ।

सम्बन्धित शिर्षकहरु