आफ्नो होटलमा काम गर्न राखेकी युवतीलाई यौन धन्दामा लगाउने मालिक्नी पक्राउ

कात्तिक २६, विराटनगर-  देशभरका अधिकांश गेस्ट हाउस र होटलहरुमा यौन धन्दा हुनेगरेका गुनासा र समाचार हरु हामीले पढिरहेकै छौ । यस्तै समाचारको सिल्शिलाको रुपमा अर्को समाचार थपिएको छ ।

आफ्नो होटलमा काम गर्न भनि जागिरमा लगाएकी एक युवतीलाई जबर्जस्ति यौन धन्दामा संलग्न गराएको आरोपमा मोरङ प्रहरीले एक होटल संचालिकालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरस्थित ज्योति होटलकी सञ्चालिका दुर्गादेवी बराल (मण्डल) पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीले होटलमा काम गर्ने युवतीलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा मङ्गलबार साँझ बराललाई पक्राउ गरेको बताइएको छ। यही कात्तिक २४ गते विराटनगर–१८ मा नवजात शिशुको शव फेला परेको विषयलाई अनुसन्धान गर्न पक्राउ गरिएको एक युवतीले होटलमा काम गर्ने क्रममा ग्राहकलाई यौन सन्तुष्टि दिने नाममा अवैध गर्भ बस्न गएको बताएपछि प्रहरीले होटल सञ्चालिकालाई पक्राउ गरेको हो ।

सम्बन्धित शिर्षकहरु