कत्तिक २५, काठमाडौँ- आफ्नो पार्टी नेपाली कांग्रेस अनि एमालेलाई गालि गलौज गरेको भन्दै नेपाली कांग्रेसका एक कार्यकर्ताले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली वेइज्जती मुद्दा दायर गरेका छन् ।
सोमबार दाङमा एमाले र कांग्रेसलाई गाली गलौज गरी अपमान गरेको जिकिर गर्दै नेपाली कांग्रेस इलामका सक्रिय सदस्य समिप घिमिरेले काठमाडौं जिल्ला अदालतमा दाहालविरूद्ध मुद्दा दर्ता गराउदै १ करोड क्षतिपूर्ति र हदैसम्मको कैद सजाय माग गरेको गरेका हुन् ।
निवेदनमा घिमिरेले मुद्दा गर्दा लाग्ने खर्च बापत ५० हजार रुपैँया पनि भराउनुपर्ने माग गरेका छन्।
दाङमा भएको पत्रकार भेटघाटका क्रममा दाहालले ‘लात खाने बानी परेका कांग्रेस एमालेले बात मानेनन्’ भनेका थिए। दाहालको यो भनाईले अन्य राजनीतिक पार्टीलाई होच्याएको आरोप निवेदनमा लगाइएको छ।








