सिड्नीमा समुन्द्र सुरक्षा बारे नि:शुल्क प्रशिक्षण हुँदै,सिक्नुहोस् अनि ज्यान जोगाउनुहोस्

सिड्नी । भिजन फर माेटिभेसन ( भिएफएम) नामक युवाहरुकाे संस्थाले सिड्नीमा नेपाली विद्यार्थीलाइ समुन्द्र सुरक्षा बारे निशुल्क प्रशिक्षण दिने भएकाे छ । तामारामा सर्फ क्लबसंगकाे सहकार्यमा भिएफएमले आउदाे जनवरी १३ तारिखमा प्रशिक्षण दिन लागेकाे हाे । क्लवसंग मिलेर भिएफएमले गत वर्षदेखि गर्मीयाममा एक पटक यस्ताे प्रशिक्षणकाे आयाेजना गर्दै आएकाे छ । लाईफ सेभरहरुले समुन्द्रमै लगेर समुन्द्रकाे प्रकृति, छालकाे अवस्था र सुरक्षाका उपायहरु व्यवहारिक रुपमै देखाउने हुनाले पनि याे प्रशिक्षण प्रभावकारी हुने आयाेजककाे भनाई छ ।

प्रशिक्षार्थीहरु सिड्नीकाे सेन्ट्रेल स्टेसनमा बिहान १० बजे जम्मा भई बस चढेर बाेन्डाई नजिकै रहेकाे तामारामा समुन्द्री तटमा जाने तयारी छ । गत वर्षदेखि सुरु यस्ताे प्रशिक्षणमा ७० जना भन्दा बढी विद्यार्थी सहभागी हुदै आएकाे आयाेजकले जनाएकाे छ । तामारामा सर्फ क्लवले १० जनाभन्दा बढी संख्यामा समुह बनाई आएमा निशुल्क समुन्द्र सुरक्षा बारे तालिम दिन्छ । तालिमका क्रममा चियापानकाे समेत क्लवले व्यवस्था गर्नेछ ।

अष्ट्रेलियामा समुन्द्रमा पाैडी खेल्ने क्रममा नेपाली विद्यार्थीकाे ज्यान जाने क्रम बढेपछि समुन्द्री सुरक्षा बारे नेपाली समाजमा चासाे र चिन्ता दुबै बढेकाे छ ।समुन्द्रकाे अवस्था र प्रकृति बारे सामान्य ज्ञान समेत नलिई पाैडी खेल्दा दुर्घटना हुने जाेखिम हुन्छ ।

दुर्घटना बढिरहेपनि राजदुतावास र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले जाेखिम घटाउन खासै पहल नगरेकाे जानकारहरु बताउछन् । त्यसाे त, स्थानिय सर्फ क्लवहरुले निशुल्क प्रदान गर्ने तालिमकाे जाेहाे समेत गर्न ती निकायहरु तातेका छैनन् । पछिल्लाे तीन वर्षमा मात्रै झण्डै ६ जना नेपाली विद्यार्थीले समुन्द्रमा डुबेर ज्यान गुमाएका छन् ।
-सिड्नी/सरल गुरुङ

 

 

सम्बन्धित शिर्षकहरु