साउन ३ । कञ्चनपुर,विषादी मिसाइएको रक्सी खाँदा कृष्णपुर-१ दोमिल्लाका २१ वर्षीय रेवन्त बुढाको मृत्यु भएको छ ।
डायमण्ड नामक मदिरामा खेतबारीमा प्रयोग हुने थायोडिन नामक विषादी मिसाएर पिउँदा बुढाको हिजो साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो ।
महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा शव परीक्षणपछि आफन्तलाई बुझाएको छ ।








