झापा, झापाको शहिद प्राबि कोहवरा ९ बेलडाँगी शिक्षक मित्रराज नेपालले कक्षा ४ मा अध्ययनरत् बिद्यार्थीहरुलाई कक्षाकोठा भित्रै कट्टु खोल्न लगाएर यौन दूब्र्यवहार गरेको रहस्य सार्वजनिक भएको छ ।
यस बिद्यालयमा गणितका शिक्षक मित्रराज नेपालले ४ जना बिद्यार्थीहरुलाई यस्तो दूब्र्यवहार गरेका हुन ।
बिद्यालयमा भएको घटनाको बिषयमा अभिभावकलाई बिद्यार्थीलाई सुनाएपछि कोहवरा बिहीबार तनावग्रस्त बनेको थियो ।
बुधवार भएको घटना बिहीबारमात्र सार्वजनिक भएको थियो ।
बिद्यालयका एक शिक्षकका अनुसार बिद्यार्थीहरुलाई कार्वाहीको नाममा यस्तो गरिएको अभिभावकको गुनासो आएर कुरा बुझ्दा आधा दर्जनभन्दा बढी बिद्यार्थीहरुले शिक्षकको करतूत खोलेका थिए ।
बिद्यालयका प्रधानध्यापक कार्तिकलाल गन्गाईका अनुसार यस घटनाले बिद्यालय र यस बिद्यालयको शिक्षकहरुको स्वभीमानमा आँच आएकाले यस्तो कार्य गर्ने शिक्षकलाई कार्वाही गर्नका लागि बिद्यालयको तर्फबाट नै ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दर्ता गरिएको छ । प्रहरी श्रोतका अनुसार अभियुक्तलाई सार्वजनिक अपराध मुद्धा चलाईने तयारी भएको छ ।
बुधबार अभिभावकको आन्दोलनले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गौरीगञ्जले अभियुक्त शिक्षक नेपाललाई नियण्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
प्रहरी श्रोतका अनुसार बिद्यार्थीहरुबाट बयान लिने र घटनाको बिषयमा गम्भिर रुपमा अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनु भयो ।








