सर्लाहीमा गोली चल्यो,प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सर्लाहीमा गोली चलेको छ । भीड नियन्त्रणको क्रममा प्रहरीको गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्। सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रणका क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो। शनिबार ईश्वरपुर- १३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो।

सम्बन्धित शिर्षकहरु