काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज भारतमा आकस्मिक अवतरण गरिएको छ । दुबईबाट काठमाडौं आउँदै गरेको जहाजमा एक यात्रुले क्रु मेम्बर र अन्यलाई यात्रुलाई दुर्ब्यबहार गरेपछि इन्धिरागान्धी विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
दुर्ब्यबहार गर्ने यात्रुलाई भारतको पुलिसको जिम्मा लगाएर निगमको जहाज काठमाडौं आईपुगेको छ । १०ः३० मा काठमाडौ आइपुग्नुपर्ने जहाज अहिले ढिलो गरिमात्रै काठमाडौं आइपुगेको थियो । निगमको जहाज आरए २३० भारतीय आकाशमा आइपुगेको बेलामा यात्रुले दुब्र्यबहार गर्न सुरु गरेका थिए ।








