कात्तिक २० । डोटी,विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर-४ का नारद ताम्राकारलाई पक्राउ गरेको छ ।
विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गुलरियाले ताम्राकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बालिकाले साँझ आफ्ना अभिभावकलाई घटनाबारे जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।
बालिकाका अभिभावकको प्रहरीमा उजुरी दिएपछि नारदलाई पक्राउ गरी जिप्रकाको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
महाकाली अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरिएको रिपोर्ट भेटिएको छ ।








