काठमाडौं। सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ ।
बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।
सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने खतिवडाले जानकारी दिए। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ ।
सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।
उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । सपिङ मल सञ्चालनमा नआउने सरकारको निर्णय छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।








