कात्तिक १८ । काठमाडौं, विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापामाथि चार महिना सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल सम्वन्धी कुनै गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ ।
५८ करोड अनियमिताको आरोप लागेका एन्फा अध्यक्ष थापालाई फिफाले मंगलबारदेखि निलम्बन गर्नेछ ।
आचार संहिता उल्लघनको आरोपबारे छानविन सुरु गर्दै फिफाले थापालाई निलम्बन गरेको जानकारी गराएको छ ।
एन्फा पदाधिकारीहरुले थापामाथि लगाएको अनियमिताको आरोपबारे छानविन भइरहेको समेत फिफाले आफ्नो वेबसाइटमा उल्लेख छ ।
आर्थिक अनियमिताको आरोपमा संसदको लेखा समितिले असोज १२ गते गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेको थियो ।
थापाले लामो समयसम्म आफू दोषी नभएको दावी गर्दै भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिनु भएको थियो ।
तर, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले लेखाको निर्देशन पालना नगरे आफूले कारबाही गर्ने चेतावनी दिएपछि थापाले कात्तिक ३ गते दुई महिनाका लागि आफ्नो पद स्थगनको घोषणा गर्नु भयो ।








