गौरीलाई शाहरुखको बुलेटप्रुफ कार उपहार

फिल्म ‘ह्याप्पी न्यू ईयर’को सफलताको खुशियाली मनाइरहँदा बलिउडका स्टार शाहरुख खान आफ्नो परिवारको सुरक्षा प्रति चिन्तित हुन थालेका छन् ।

शाहरुखले पत्नी गौरीको सुरक्षाका लागि जन्मदिनको उपहार स्वरुप एक बुलेटप्रुफ कारको अर्डर गरेका छन् ।

शाहरुखले आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डको घटनापछि आफ्ना लागि बुलेटफ्रुफ कार खरिद गरिसकेका छन् । शाहरुखका अनुसार गौरी र उनका सन्तान बाहिर जाँदा उनीहरुलाई तालिमप्राप्त सुरक्षाकर्मीले सुरक्षा दिनेछ। समाचार अनुसार शाहरुख पहिलोपटक आफ्नो परिवारको सुरक्षा प्रति चिन्तित भएका हुन् ।

आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डपछि आफूले पनि बुलेटप्रुफ गाडी खरिद गरेका थिए। ‘चलचित्रको सफलताको खुसी त छँदैछ। तर परिवारको चिन्ता पनि त्यत्तिकै छ। त्यसैले पत्नी गौरीलाई बुलेटप्रुफ गाडी उपहार दिएको हुँ’, उनले बताएका छन्।

 

सम्बन्धित शिर्षकहरु