हिन्दु धर्ममाथि चोट पुगेको भन्दै राप्रपा नेपालद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेब गौतमले ब्यबस्थापिका संसदको बैठकमा हिन्दु धर्मलाई चोट पुग्ने शब्द बोलेको भन्दै राप्रपा नेपालले सांसदहरुले रोष्ट्रम घेराउ गरेका छन ।

सुक्रबार बसेको ब्यबस्थापिका संसदको बैठकमा उपप्रधानमन्त्री गौतमले दिएको जबाफले हिन्दु धर्मको आस्थामाथी प्रहार गरेको भन्दै गौतमले बौल्दै राप्रपा नेपालले संसदमा हंगामा मच्चाएको हो ।
राप्रपा नेपालले रोष्ट्रम घेरेपछि पटक पटक सभामुख सुबासचन्द्र नेम्वाङले राप्रपा सांसदहरुालई आफ्नो आशनमा बस्न आग्रह गर्दा समेत उनीहरुले बेवास्ता गरेका थिए । राप्रपा नेपालले रोष्ट्रम घेर्न नछोडेपछि बैठक आधा घण्टाको लागी स्थगित भएको छ ।

हिन्दु राज्यको माग राखेर शान्तिबाटीकामा अनशन बसेका अनशनकारीहरुालई कात्तिक ११ गते बल प्रयोग गरेर हटाएपछि राप्रपा नेपालले संसदमा त्यसको बिरोध गरेको थियो । अनशनकारीलाई हटाइएको बिषयमा स्पष्टीकरण दिन गएका गृहमन्त्री गौतमले बोल्ने क्रममा हिन्दु धर्मको आस्थामाथी ठेस पुर्याएको भन्दै राप्रपा नेपालले रोष्ट्रम घेरेको हो ।

यसअघि संसदको सुरुमै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीको शान्ति वाटिकामा मुलुकलाई हिन्दु राष्ट पुर्नस्थापना माग गर्दै बसेकाहरुलाई सरकारले हटाएको भन्दै सरकारको विरोध गर्नु भएको थियो ।
संसदमा राप्रपा नेपालले उठाएको प्रश्नमा जवाफ दिदैँ गृह मन्त्री बामदेव गौतमले अनसन बसेको स्थानमा गोरखानाथको मन्दिर खडा गरिएको, गाइको बाछो बाँधिएको र तामाको गागा्रे समेत राखेर हवनकुण्ड बनाइएको बताउनु भएको थियो । उहाले शान्ति बाटिकामा गाइको मुर्तिको साटो गाइको बाछो नै राखिएको उल्लेख गर्दा अन्य पार्टिका सभासदहरु हाँसेका थिए ।
साथै सार्कका लागि शान्ति बाटिका खालि गर्न महानगर पालिकाका कर्मचारी जाँदा हतियार प्रर्दशन गरेको जवाफ दिएका थियो ।
गौतमले कात्तिक ११ गते अनसन स्थल खालि गर्ने क्रममा खुकुरी सानो सानो तिखो महादेवले बोक्ने जस्तो समान देखाएको बताउनु भएको थियो । उ बेलामा महादेवले बोक्ने जस्तो देखाउनुभयो, हामीले महादेवको रुप त देखेनौ, गृहमन्त्रीले भने कोही त साक्षात गोरखानाथ बनेर आउने खतरा देखियो ।
वामदेवको यो वक्तव्य पछी आफ्नो स्थानबाट उठेर राप्रपा नेपालका सभासद्ले रोष्टम घेराउ गरेका थिए। उनिहरुले गृहमन्त्रीले माफि माग्नुपर्ने बताएका थिए।

 

सम्बन्धित शिर्षकहरु