नारायणकाजीको संरक्षणमा एमाओवादीमा सुसन आतंक

Nk-1काठमाडौं । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई मूल्य, निष्ठा र आदर्शको राजनीति गर्ने पात्रका रुपमा चिनाउँन रुचाउँछन् । आजको साँघु साप्ताहिकमा खबर छ–उनको जीवनशैली जति सामान्य छ, त्यत्तिकै मितव्ययी पनि छ । मितव्ययिता अपनाउन उनले लामो सयमदेखि पार्टीले उपलब्ध गराएको गाडी थन्क्याएर सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आइरहेका छन् ।तर, आफूलाई मितव्ययी र सादगी ठान्ने यिनै नारायणकाजीलाई लामो समयदेखि सघाउँदै आइरहेकी एकजना पिएले भने नारायणकाजीको नाम भजाएर गलत फाइदा लिइरहेको भन्दै प्रचण्ड निवास लाजिम्पाटमा खबर पुगेको छ ।

एमाओवादी स्रोतका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने नारायणकाजीकी पिए सुसन कर्माचार्य भने ८० लाखको टेरियस गाडी चढेर आर्थिक उपार्जनको अनेक हर्कत गर्दै आइरहेको आरोप लागेको छ । केही समय अघि नारायणकाजीले फोन गरेर मन्त्रीहरुलाई हैरान पारेको भन्दै आलोचना भएपछि अहिले नारायणकाजीको तर्फबाट सुसनले मन्त्रीहरुलाई फोन गरेर पैसा माग्ने र सरुवा बढुवाको काम गरिदिन दबाब दि ने गुनासो माओवादीमा बढ्न थालेको छ । ‘अहिले एमाओवादीमा नारायणकाजीकी पिए सुसनको आतंक नै छ’ एमाओवादी मन्त्रीका एक पिएले भने, ‘मन्त्रीलाई फोन गरेर पैसा माग्ने र सरुवा बढुवाको लागि उत्तिकै दबाब दिने गरिएको छ ।’

ती पिएका अनुसार सुसनले मन्त्री र पिएहरुलाई तत्काल काम गरिदिनुपर्यो भन्दै दबाब दिने र नगरेमा थर्काउनेसमेत गरेकी छिन् । ‘उपाध्यक्षज्यूको काम हो , जतिसक्दो छिटो गरिदिनुपर्यो’ सुसनलाई उद्यृत गर्दै स्रोतले भन्यो ।

नारायणकाजीको अघिपछि हिड्ने बाहेक अरु कुनै पेसा र धन्दा नभएकी सुसनले कसरी ८० लाखके गाडी चढ्ने हैसियत बनाइन् र अड्किलो जीवनशैली अपनाउने अवस्थामा रातारात कसरी आफूलाई पुर्याइन् रु केही वर्ष अघिसम्म सामान्य जीवनशैली अपनाउँदै आएकी

सुसनको जीवनशैली बदलिएपछि धेरैले यस्तो प्रश्न उठाउन थालेका छन् ।
तर, अरुलाई आदर्शको पाठ सिकाएर कहिल्यै नथाक्ने नारायणकाजीले सुसनलाई स्वार्थ अनुसारको काम गर्न हौस्यारहेको स्रोतको दाबी छ । ‘नारायणकाजी बाहिर आदर्शको कुरा गर्ने तर भित्रभित्रै पिएलाई प्रयोग गरेर गलत फाइदा उठाइरहेका छन्’ स्रोतले भन्यो ।
स्रोतका अनुसार सुसनले अध्यक्ष प्रचण्डले अब गरी नखाने र एमाओवादीमा नारायणकाजी बाहेक योग्य अरु व्यक्ति नै नभएको भन्दै आफूले भने बमोजिम काम गर्न नमान्नेहरुलाई धम्क्याउँने गरेकी छिन् ।

सुसनले पार्टीलाई प्रयोग गरेर नाजायज फाइदा लिइरहे पनि नारायणकाजीले भने उनलाई सामान्यभन्दा सामान्य काममा पनि साथ लिएर जाने गरेका छन् । स्मरणीय छ, केही समय अघि नसाको उपचारको लागि जापान जाँदा पनि काजीले सुसनलाई सँगै लगेका थिए । उनले प्रत्येक विदेश भ्रमणमा सुसनलाई लिएर जाने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु