असनेपाल न्युज सम्बाददाता/
भदौ ६, काठमाडौँ- धनुषामा एक युवकले आफ्नी जेठी श्रीमतीको हत्या गरि आफै प्रहरी चौकीमा दाखिला भएका छन । धनुषाको देवपुर रुपैथा–७ का ३० वर्षीय रामबाबु महतोले जेठी श्रीमतीको घाँटी थिची हत्या गरेका हुन् ।
महतोले शुक्रबार प्रहरी चौकीमा आएर आफुले पौने २ बजे २६ वर्षीया जेठी श्रीमती सान्जिला महतोको हत्या गरेको प्रहरीलाई जानकारी गराएका हुन । श्रीमतीको हत्या पछि उनी आफै जिल्ला प्रहरी कार्यालय धनुषामा स्वऐक्षिक रुपमा उपस्थित भएका थिए । इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा गई हेर्दा सान्जिला महतोलाई मृत अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । महतोले किन श्रीमतीको हत्या गरे भन्ने कारण हालसम्म नखुलेको प्रहरीले जानकारी गराएको छ ।








