कात्तिक ११ । काठमाडौं, नेपाल भ्रमणमा रहेका इटालीका परराष्ट्र मामिला राज्यमन्त्री बेनेडिट्टो डेला भेडोभाले आज प्रधानमन्त्री शुशिल कोइरालासँग भेट गर्नु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल आउँदो माघ ८ मै नयाँ संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
राज्यमन्त्री बेनेडिट्टो डेला भेडोभासँग आज भएको भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल अहिले प्रजातन्त्रको स्थापना, पुनः. स्थापना र बिकासअका लागि झण्डै ६० बर्षसम्म भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने ऐतिहासिक चरणमा रहेको बताउनु भयो ।
भेटमा कोइरालाले निधारित समयमा लोकतान्त्रिक संवि धान जारी भएपछि नेपालको विकासको गतिले तीव्रता पाउने दावी गर्नु भयो ।
प्रधानमन्त्री कोइरालाले इटालीका लगानीकर्ताहरुलाई नेपालको जलस्रोत, पर्यटन, कृषि, पूर्वाधार निर्माण र औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नु भएको थियो ।
भेटमा राज्यमन्त्री भेडोभाले नेपालले महत्वपूर्ण राजनीतिक उपलब्धी हासिल गरेको र यसलाई व्यवस्थित गरी लोकतान्त्रिक संविधान ल्याउनेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।
उहाले आफ्नो मुलुकसंग जलविद्युत र पूर्वाधार विकासमा राम्रो र लामो अनुभव रहेकोले त्यसको लाभ लिन आग्रह समेत गर्नु भयो ।
राज्यमन्त्री भेडोभाले सन् २०१५ को अगष्टमा इटालीको मिलानमा आयोजना हुने ‘एक्स्पो मिलानो २०१५’ मा सहभागी हुन आग्रह समेत गरेको अधिकारीले जानकारी दिनु भयो ।








