सुनसरी ।एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले बावुराम भट्टराई तत्काल पार्टीमा फर्केर आउने सम्भावना नरहेको बताएका छन्। इटहरीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा नेता शर्माले माक्र्सवाद र लेनिनवादबाट बिचलित भएर भट्टराई हिँडेकाले उनलाई पार्टीमा फर्काउन सक्ने सम्भावना तत्काललाई नरहेको बताए।
भट्टराईले देश, नागरिक र पार्टीलाई धोका दिएको नेता शर्माको आरोप छ । उनले भने, ‘भट्टराई जी पुराना टायर, टिन र काठपात जम्मा गर्दै हिँड्न थाल्नु भएको छ, यस्ता पाराले नयाँ पार्टी बन्छ भन्ने मलाई लाग्दैन ।’ नेता शर्माले भट्टराई पहिलादेखि माक्र्सबादमा बिश्वास नराख्ने नेता भएको भन्दै भारतसँगको सम्बन्धमा शंका रहेको बताए।
‘
म भन्दा तल बसेर पनि उहाँले काम गर्नु भएको छ । ०४२ सालदेखि ०७२ सालसम्म सँगै आउँदा पनि उहाँ सुध्रिनु भएन’ नेता शर्माले भने, ‘माक्र्सबादमा बिश्वास नराख्ने मान्छे यतिन्जेल सँगै हिँड्नु भयो यसका लागि धन्यबाद । ’








