काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता मणिशंकर ऐयरले नेपालका विषयमा भारत र इयूको वक्तव्यबाजी गर्नु गलत भएको बताएका छन् । नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिंदै ऐयरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि थिचोमिचोको व्यवहार देखाएको आरोप समेत लगाएका छन् ।
उनले मोदी सरकारको गलत रवैयाले नेपाललाई चीनतिर धकेलेको टिप्पणी गरेका थिए । नेपालमाथि सरकारले लगाएको नाकाबन्दीको चर्को विरोध गर्दै राज्यसभामा विरोध गरेका थिए । राज्यसभा सांसदको पदावधि हालसालै सकिएपछि ऐयर नयाँदिल्लीको सफ्दरजंग १२ स्थित सरकारी आवास छाडेर निजी निवास जंगपुरा जाने तर्खर गरिरहेका थिए ।
अन्तर्वार्तामा उनी भन्छन्, ‘अहिलेको मूल कारण नरेन्द्र मोदीजीको विदेश–नीति हो । उनी देखाउन चाहन्छन् कि हामी नेपालमाथि डोमिनेन्ट छौँ । म ठान्दछु कि अर्को सानो मुलुकप्रति यस्तो मनशाय राख्नु गलत हो । नेपाल हामीभन्दा सानो देश हो । उसको समस्यालाई राम्रोसँग बुझेर मित्रता थप सुदृढ बनाउनु आवश्यक छ । हामी हाबी हुने चाहनाले भारतलाई कदापि फाइदा हुँदैन ।
यो आश्चर्यजनक छ । पहिलो, प्रधानमन्त्री मोदीजी र ओलीजीको बीचमा के–के कुरा भयो, हामीले जान्ने सवाल भएन । जानकारीका लागि सधैँ संयुक्त वक्तव्य आउँथ्यो वा आउनुपथ्र्यो, यसपटक आएन । मतलव कुनै विषयमा सहमति हुने वा नहुने अस्वाभाविक होइन, तर केही न केही त भयो होला नि रु सहमति भएका विषयलाई समेटेर भए पनि एउटा वक्तव्य त आउनु जरुरी थियो । तर, संयुक्त वक्तव्य आएन र एकप्रकारको आशंका फैलियो ।
दोस्रो, भारत र इयूबीच वक्तव्यबाजी नाजायज र गलत थियो । नेपाल र भारतको आपसी सम्बन्धमा तेस्रो पक्षलाई सामेल गर्नु सर्वथा गलत भयो । आपसी द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षलाई सामेल गराउनु हाम्रो विदेश–नीतिको सिद्धान्तविपरीत छ । हामी भारतीयहरू यसप्रति खुसी छैनौँ । मोदीजी नेहरुजीको परम्पराका होइनन् । मोदीजीले आफ्नो थिचोमिचो देखाउन यो सब कर्म गरे ।








