भारतबाट २१ जना नेपाली बालकको उद्दार

असोज ३१ । रौतहट, भारतको विभिन्न कारखानाहरुमा जोखिमपूर्ण काम गरिरहेका २१ जना नेपाली बालकलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

ती बालकहरु मध्ये रौतहट जिल्लाका २० जना र बाराका १ जना रहेका छन् ।

भारतीय सहर बैंग्लोरेको डिजेअली भन्ने स्थानमा रहेको ब्याग बनाउने कारखाना र मुम्बइका विभिन्न कारखानाहरुमा जोखिमपूर्ण काम गरिरहेका १० देखि १५ वर्ष उमेरका २१ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालयमा अभिभावकको जिम्मा लगाइएको छ ।

भारतको बैगलोरमा रहेको डिजेअली भन्ने ठाउंमा रहेको बैग बनाउने कारखानामा काम गरीरहेको अवस्थामा भारतीय प्रहरीले छापामारी गरी नेपाली र भारतीय गरी ६८ जना बालकहरुको उद्धार गरेको थियो ।

मुज्जफरपुरमा बाल गृह संचालन गर्न जिम्मेवारी पाएका निर्दोष नामक संस्थाले बालकहरुलाई नेपाल फर्काउन जिल्ला बाल कल्याण समिती रौतहट र महिला तथा बालबालिका सेवाकेन्द्र रौतहटलाई जानकारी गराएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा आˆना अभिभावकलाई देखेपछि बालक र अभिभावक दुवै रोएका थिए । गाँउकै केही व्यक्तिले पैसाको लोभ देखाएका कारण भारत पुगेका बालकहरुले निकै कष्टपूर्ण जीवन बिताउनु परेको बताउनु भयो ।

बिहान ८ बजे देखि राति ११ बजे सम्म ब्याग कम्पनीले काम लगाउने गरेको र पैसा पनि समयमा नदिएर बन्दी जस्तो बनाएको १२ वर्षीय बालक मोहृमद अफरोजले ले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु