प्रजातन्त्र दिवसको दिन पूर्व राजा ज्ञानेन्दको यस्तो असन्तुष्टि

King-12.Gyanendra-grफागुन ७ । काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा अपनाइएको राज्य व्यवस्था प्रणालीले जनताको असन्तुष्टि बढाउँदै लगेको जिकिर गरेका छन् ।

६६ औं प्रजातन्त्र दिवसको अवसर पारेर उनले जारी गरेको वक्तब्यमा उनले राज्यले अपनाएको विधि र प्रकृयाबाट जनता असन्तुष्ट भएको बताएका हुन् ।

विगतको परम्परालाई समेत निरन्तरता दिँदै प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै पूर्वराजाले यस्तो राज्यको शासन प्रणालीप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।

उनले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि आफू पन्छिएर नयाँ विधि अपनाउन स्विकृति दिएको उल्लेख गर्दै राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट आफू कहिल्यै पृथक नरहेको उल्लेख गरेका छन् ।

थाइल्याण्डको बैंककमा रहेका उनले जारी गरेको सन्देशमा दुर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद कुरा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकतामा विग्रहको अवस्था देखिएको छ । भविश्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको मैले महसुस गरेको छु भनेका छन् ।

सम्बन्धित शिर्षकहरु