असोज २९, काठमाडौँ- कोरिया कामदार लैजानका लागि गत असोज १० र ११ गते लिएको इपीएस प्रणाली अन्तर्गत कोरिया भाषा परीक्षाको नतिजा आज निकालिएको छ ।
नेपाल सरकारले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार इपिएस परिक्षा दिएका ६२ हजार ५ सय १४ जनामध्य ३ हजार ६ सय ६३ उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमध्य औद्योगिक क्षेत्रको कामदार २ हजार ७ सय ६८ अर्थात ९ प्रतिशत परीक्षार्थी र कृषि क्षेत्रको लागि ८ सय ९५ अर्थात ३.२ रहेको जानकारी दिईएको छ ।
उत्तिर्ण हुनेमा ३ हजार ४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन्। अघिल्लो वर्ष लीईएको सोहि भाषा परीक्षामा ७ सय १५ महिलासहित ८ हजार ५१ जना उत्तीर्ण भएका थिए।
इपिएस परिक्षाको नतिजा www.http://epsnepal.gov.np/ बाट हेर्न सकिने छ।








