असार ३ । सिराहा, बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर–९ बस्ने ७० बर्षीय राम प्रसाद मोचीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोचीले बुधबार सोही ठाउँ बस्ने १४ बर्षीया बोल्न नसक्ने बालिकालाई बाख्रा चराउन गएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले पीडक तथा पीडित दुवैलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








