असोज २६ ।काठमाडौं,प्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहनु भएका छिमेकी मित्र राष्ट्र भारतका पूर्व संघीय मन्त्री डा. भिष्मनारायण सिंहबीच आज भेटवार्ता भएको छ ।
भेटमा नेपाल भारत सम्बन्ध, नेपालको शान्ति प्रकृया, संविधान लेखन प्रकृया जस्ता विषयमा छलफल भएको थियो ।
भारतकी प्रधानमन्त्री स्व.इन्दिरा गान्धीको सरकारमा संसदीय मामिला ,खाद्य र आपूर्ति मामला, कार्य,आवास– श्रम, सहित सञ्चार मन्त्री समेतको जिम्मेवारी सम्हाल्नु भएका रहनुभएको सिंह, तामिलनाडु, आसाम ,मेघालय,सिक्किम र अरुणाचल प्रदेशको गभर्नर र उत्तरपूर्वी परिषद्का अध्यक्ष समेत रहनु भएको थियो ।
उहाँ भारतीय कांग्रेस पार्टीको प्रमुख सचेतक पनि रहीसक्नु भएको थियो।
गान्धीबादी नेता डा.सिंहले गान्धीबादीहरु हरेक कुरामा असल पक्ष बढी देख्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री कोइरालाको प्रधानमन्त्रित्व कालमा नै नेपालले संविधानसभाबाट नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमको पनि उपस्थिति रहेको थियो ।








