भदौ २२, काठमाडौँ– शनिबार साँझ देहिमाडौं–गिरेगाडा सडकखण्डमा भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।
ग्वाल्लेक ७ का किसनदत्त जोशीको घटनास्थलमै र गिरेगाडा ८ की बसन्ती चन्दको आइतबार बैतडी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
देहिमाडौंबाट गिरेगाडा जाँदै गरेको से१ज ३०५ नम्बरकको जीप गिरेगाडा–८ छिडामोडमा दुर्घटनामा परेको हो।जीप सडकबाट ४ सय मिटर तल खसेको थियो। दुर्घटनामा परि गिरेगाडाका कलावती चन्द, शेरेराम कामी र सन्तोष चन्द, भगीरथ चन्द र दार्चुला सर्मोलीका उषाकिरण बोहरा गम्भीर घाइते भएका छन्।घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागी भारतको पिथौरागढ र बरेली अस्पतालमा पठाइएको छ।








