बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शनिवार विहान भएको दाङबाट नेपालगञ्जतर्फ जाँदै गरेको हाइस र नेपालगञ्जबाट दाङतर्फ गइरहेको ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटना विहान करिब सवा नौ बजेको समयमा भएको छ । दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको हो । अन्य १२ जना घाइते भएको बताइएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








