एसियाली खेलकुद् प्रतियोगिताकी विजेता विमला तामाङलाई पुरस्कार

काठमाडौ, नेपाल ओलम्पिक कमिटीले १७ औँ एसियाली खेलकुद् प्रतियोगितामा नेपालका तर्फबाट कास्य पदक विजेता विमला तामाङलाई पुरस्कार स्वरुप रु एक लाख प्रदान गरेको छ ।

शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले उहाँलाई पुरस्कार प्रदान गर्नु भएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा तामाङले प्राप्त गरेको पदकले सम्पूर्ण नेपालीको मात्र नभएर दक्षिण एसियाको नै गौरव र प्रतिष्ठा बढाएको बताउनुभयो ।

नेपाल कराते महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सरकारसँग सहकार्य गरी प्रतिभावान् खेलाडीलाई सहभागी गराइने बताउनुभयो ।

अवसरमा पूर्वबक्सिङ खेलाडी राम अवालेले विमलालाई रु ५० हजार पुरस्कारबाट सम्मान गर्नुभयो । विमलाले दक्षिण कोरियामा सम्पन्न एसियाडमा कराँतेको कातातर्फ उत्तर कोरियाकी खेलाडीलाई पछि पारी नेपालका लागि एक मात्र पदक जित्नुभएको थियो ।

पाकिस्तानकी खेलाडीलाई हराएर सेमिफाइनलमा पुगेकी विमला सेमिफाइनलमा भने भियतनामकी खेलाडीसँग पराजित हुनुभएको थियो ।

सम्बन्धित शिर्षकहरु