डोटीमा भएको बस दुर्घटनामा मृत्‍यु हुनेको संख्या २९ पुग्यो

असोज २१ । डोटी,डोटीको छतिवनमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ भने ६४ जना घाईते भएका छन् ।

डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटे भन्ने ठाउँमा सोमबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेको कैलाली र नेपालगञ्जका साथै भारतमा समेत उपचार भइरहेको छ ।

डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटे भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

सम्बन्धित शिर्षकहरु