दुई वर्षीय बच्चाले गोली चलाउँदा आमा ठहरै

rianovostiपुस १६ । अमेरिकाको इदाहो राज्यमा दुई वर्षको बच्चाले गोली चलाउँदा आमाको मृत्यु भएको छ ।प्रहरीकाअनुसार घटना हेडन सहरको वालमार्टको स्टोरमा भएको हो । खबरअनुसार महिलाको ब्यागमा रहेको सानो बन्दुक बच्चाले चलाउँदा महिलाको मृत्यु भएको हो ।

बच्चाले बन्दुक खेलाउने क्रममा अचानक गोली चल्दा महिलाको घटनास्थलमै मृत्युभएको हो । प्रहरीका अनुसार महिलासँग हतियार राख्ने अनुमति भए पनि मृतक महिलाको पहिचान भने खुलाइएको छैन ।
घटनापछि वालमार्ट स्टोर बन्द गरिएको छ । स्थानीय संचार माध्यमका अनुसार गोली लागेपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजका अनुसार घटना दुर्घटनाबस भएको हो । एजेन्सी

सम्बन्धित शिर्षकहरु