म्यानपावर आजबाट खुल्ने

shram mantralayaसाउन १० । काठमाडौँ, म्यानपावर व्यवसायीको आन्दोलनका कारण बन्द म्यानपावर कम्पनीहरु २० दिनपछि खुलेका छन् । सरकारले असार २१ गतेदेखि मलेसिया र खाडीका ६ देशमा कामदार लैजान निशुल्क हवाई टिकट र भीसाको व्यवस्था लागु गरेपछि व्यवसायीहरु आन्दोलनरत थिए ।

श्रम तथा रोजगार मन्त्रालय र वैदिशक रोजगार व्यवसायी संघबीच शनिबार राति भएको वार्तामा सहमति भई म्यानपावर कम्पनी खुलेका हुन् । श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलले दुई महिनाभित्र तयार पार्ने प्रतिवेदनले दिएका सुझावका आधारमा निशुल्क हवाई टिकट र भीसाको विषय टुंग्याउने सहमति भएको छ । कार्यदलको प्रतिवेदन नआउँदासम्म निशुल्क टिकट र भीसाको व्यवस्था कायमै रहने छ ।

सम्बन्धित शिर्षकहरु