असोज २० । नुवाकोट, नुवाकोटको त्रिशुलीबाट काठमाडौ आउँदै गरेको माइक्रोबस काठमाडौको साङ्ला गाँउ विकास समितिको वडा नम्बर ४ जगातमा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।
त्रिशुलीबाट छहरे-टोखा सडक खण्डहुदैँ काठमाडौं आउने क्रममा माइक्राबस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटना भए लगत्तै घाइते भएकालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी ग्राण्डी र ग्रिनसिटी अस्पताल धापासी तथा शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याएको नुवाकोटका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।
घाईते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बा.१ ज ९९५२ नम्बरको माईक्रोबस दुर्घटनाबाट घाइते भएका अधिकांश नुवाकोटका वासिन्दाहरु रहेको नुवाकोट प्रहरीले जनाएको छ ।







