प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

असोज २० ।काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले मुसलमान धर्मावलम्बीको महान् चाड बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिनु भएको छ ।

उहाले इस्लाम नेपालीलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज दिनुभएको शुभकामना सन्देशमा नेपाल अनेक भाषा, धर्म, संस्कृति, वेशभूषा र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्ट्रियतालाई सबल बनाएको बताउनुभएको छ ।

विज्ञप्तिमा उहाँले बकर इद हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्ने शुभेच्छासहित संविधानसभाबाट संविधान लेखनको कार्य भैरहेको यस ऐतिहासिक अवसरमा आउँदो संविधानमा पनि नेपाल धार्मिक र सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु