वि.सं.२०७६ साल पौष २७ गते । आईतबार । ईश्वी सन् २०२० जनवरी १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । माघकृष्णपक्ष । तिथि–द्वितीया,३८ घडी १७ पला,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– तिष्य,१७ घडी २१ पला,दिउसो ०१ बजेर ५४ मिनेट उप्रान्त अश्लेषा । योग– विष्कुम्भ,१५ घडी १५ पला,दिउसो ०१ बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण– तैतिल,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी १० पला । राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती -पृथ्वीनारायण शाह स्मृति दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउँनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा साथिभाईहरुले नै रुपैया पैसा लिएर फरार हुन सक्छन् । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने तथा नहुँने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुँन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चन्द्रमा खर्च स्थानमा गोचर गरिरहेको भए पनि पढाई तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुँनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि साझेदारहरुबिच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।








